Skip This
अवैधानिक होर्डिङ बोर्ड हटाउन महानगरबाट १५ दिन थप
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अवैधानिक होर्डिङ बोर्ड हटाउन महानगरबाट १५ दिन थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१९:oo

काठमाडौं महानगरपालिकाले ३० वर्गफुटभन्दा ठूला होर्डिङ बोर्ड (परिचय पाटी) हटाउन १५ दिन समय थप गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार गर्ने संघ–संस्था, सहकारी तथा गैरसरकारी निकायहरूले आफ्नो व्यवसाय, कार्यालय परिसरमा वा कार्यालयको पहिचान दिन राखिने अवैधानिक परिचय पाटी १५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

‘३० वर्ग फुटभन्दा ठूलो परिचय पाटी नराख्न तथा राखेको भए हटाउन पटक–पटक आग्रह गरिएकोमा उक्त आकारका परिचय पाटी सम्बन्धित पक्षले नहटाएको हुँदा पुनः सूचना प्रकाशित गरेको र १५ दिनभित्र ठूला बोर्ड हटाउन अनुरोध गरेको छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

महानगरले यो सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाए महानगर टोलीले हटाई त्यसबापत लागेको खर्चसमेत सम्बन्धित पक्षबाट असुलउपर गरिने बताएको छ । 

महानगरले गत ७ असोजमा ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रूपमा लाग्ने शुल्कसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । २७ कात्तिकदेखि मापदण्डविपरीतका होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट हटाउन थालेको थियो । सोहीअनुसार दैनिक रूपमा नगर प्रहरी बलका सदस्यहरूले होर्डिङ बोर्ड हटाउने कामसमेत गरिरहेको छ । हाल बागबजार, पुतलीसडक, कालिमाटी, कलंकी, कुलेश्वरलगायतका क्षेत्रमा होर्डिङ बोर्ड हटाउने काम भइरहेको छ । महानगरका अनुसार मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने काम नभएसम्म नगर प्रहरी बलका सदस्यहरूले ती होर्डिङ बोर्ड हटाउनेछन् ।

महानगरको आर्थिक ऐनअनुसार ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क पाँच सय रुपैयाँ लाग्छ । ६ देखि १५ वर्गफुटसम्मको शुल्क एक हजार पाँच सय रुपैयाँ वार्षिक शुल्क लाग्छ ।