मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्मानजनक ‘पावर सेयरिङ’ हुन्छ, प्रधानमन्त्रीमा दाबी कायमै छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०६:५३:००

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी सम्मानजनक ‘पावर सेयरिङ’ हुने बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले राष्ट्रपतिबाट दिएको समयसीमाभित्र सहमतिमै प्रधानमन्त्री चयन हुने दाबी गरे ।

‘हामी गठबन्धन गरेरै निर्वाचनमा गएका हौँ । यही गठबन्धनकै सरकार बन्छ । कुनै दल सानो, कुनै दल ठूलो भयो होला । गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी पावर सेयरिङ गर्छौँ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्रीको दाबी पेस गर्छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांंसद माधव सापकोटाले भने । 

बैठकमा प्रचण्डले माओवादीले प्रधानमन्त्रीको दाबी नछाड्ने बताएका थिए । उनको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘हामी प्रधानमन्त्रीको दाबी छोड्दैनौँ । बीचमा कांग्रेस र एमाले मिल्नेजस्तो देखिएको थियो । अहिले त्यो सम्भावना कमजोर बनेको छ । हामी प्रतिपक्षमा बस्न पनि तयार भएकै हौँ । जनताले यही गठबन्धनलाई सरकार सञ्चालन गर्ने म्यान्डेट दिएका छन् । विकल्प सोच्ने वेला यो होइन ।’

गठबन्धनका शीर्ष नेता बसेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्रीलगायत पदमा समझदारी कायम गर्ने प्रचण्डको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीबाट मिलेर सरकार बनाउन प्रस्ताव आए पनि गठबन्धन गरेर निर्वाचनमा गएकाले अहिले विकल्प खोज्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ । नयाँ सरकार आर्थिक विकास र सुशासन कायम गर्न लाग्ने पनि उनले बताए ।