
बंगलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ।
बंगलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो।
बंगलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो।
त्यसैगरी, नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ। नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलंकासँग खेल्नेछ।