Skip This
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बिएफ-७’ देखिएको छैन : मन्त्रालय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बिएफ-७’ देखिएको छैन : मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १८:४९:oo

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट बिएफ–७ नेपालमा पुष्टि भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट पुष्टि नभएकाे जानकारी गराएको हो। 

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्टका अन्य सब भेरियन्ट पुष्टि भए पनि बिएफ–७ भने फेला नपरेको विज्ञप्तिमा उल्लेख छ। 

कोभिड–१९ को संक्रमणको जोखिम फरक स्वरूपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।

साथै, मन्त्रालयले सबै सिमानाका बिन्दुका स्वास्थ्य सहायता कक्षहरूमा स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी गर्न आग्रह गरेको छ।