१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा देउवा–प्रचण्ड–नेपाल छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२२:oo

प्रमुख सत्तासीन तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको हो। 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी छलफल आगामी सरकार निर्माणलगायत शक्ति बाँडफाँडमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आगामी सरकारमा कांग्रेस र माओवादीले दाबी गरिरहेका छन्। कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपतिमा दाबी गरिरहेको छ भने माओवादीले पनि पहिलो सरकारको नेतृत्वमा दाबी गरिरहेको छ। 

सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँडसमेत शीर्ष नेताको छलफलका एजेन्डा रहेका छन्।  

पहिले शीर्ष नेताहरूबीच शक्ति बाँडफाँडमा सहमति गरेपछि गठबन्धनको बैठक बोलाएर औपचारिक निर्णय गरिने नेताहरूले बताएका छन्। 

ad
ad