मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुन्छ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार १७:१७:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्। बिहीबार संघीय संसद् सचिवालयमा प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

पहिलाको संसद्ले विचाराधीन राखेको महाभियोगबारे अब फरक मत राख्न नमिल्ने उनले स्पष्ट पारेका छन्। ‘पूर्वप्रधानन्यायाधीश जबराको महाभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ। हाम्रो आफ्नो राजनीतिक पोजिसन भएपछि सुविधाअनुसार त्यसको व्याख्या गर्न पाइएन,’ उनले भने।

थापाले संसद्को लाइबेरीलाई संसद्को सम्पतिको रूपमा अघि बढाउनुपर्ने धारणा राखे। उनले भने, ‘पहिलो संसद्को लाइब्रेरीलाई हामीले यो संसद्को सम्पतिको रूपमा अघि बढाउनुपर्छ। त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ। त्यसमा हामी काम गर्छौं।’