
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका १ स्थित नेले बजारमा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो ४ बजेबाट सुरु भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ।
अहिले प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेका छन्। सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दमकल प्रस्थान गरिसकेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।