Skip This
राप्रपा सांसद राणाले प्रतिनिधिसभाका सांसदहरूको शपथ लिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा सांसद राणाले प्रतिनिधिसभाका सांसदहरूको शपथ लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १३:४७:oo

प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाले शपथग्रहण गराउने भएका छन्।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार राणाले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय गरिएको बताए। पुस ७ गते बिहीबार अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथग्रहण कार्यक्रम तय गरिएको उनले जानकारी दिए।

प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य राणालाई शपथग्रहण गराएपछि उनले अन्य सांसदलाई शपथ गराउनेछन्। त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पाण्डेले बताए।

नागरिकतामा उल्लेख भएअनुसार ८१ वर्ष भएका राणाको वि.सं. १९९८ मंसिर २४ गते जन्म भएको थियो। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको नागरिकतामा उमेर ८५ वर्ष छ। तर, आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै उनी शपथग्रहण कार्यक्रममा नआउने भएपछि राणाले नै ज्येष्ठ सदस्यको रूपमा शपथग्रहण गराउने संसद् सचिवालयले स्पष्ट पारेको छ।