Skip This
अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई १० स्वर्ण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ४ सोमबार २o:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई १० स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार २o:३६:oo

भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ। 

मिक्स मार्सल आर्ट फेडेरेसन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियसिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनीष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरिपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए। 

सिर्जना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्यो। 

श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन्। सिर्जना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमितेतर्फ रजत जोडिन्। नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गरिन्। टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन्।

पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनीष कार्कीले जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्न सफल भए। नेपालकी नानु शाक्यले बेस्ट अफ दी बेस्ट फिमेल फाइटको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्टसमेत प्राप्त गर्न सफल भएको टोली नेतासमेत रहेका मानन्धरले जानकारी दिए। 

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापामगर छन्। च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरी चार सय २५ खेलाडीको सहभागिता थियो।