
सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
पछिल्लो समय विभिन्न मुलुकले नेपालबाट मौसमी कामदार लैजान थालेको छ। गैरकानुनी प्रक्रियामार्फत मौसमी कामदारका रूपमा गएका नेपाली अलपत्र परेपछि सरकारले आफैँ कामदार पठाउन नीतिगत व्यवस्था गरेको हो।