१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखाली सांसद राजेन्द्र बजगाईंद्वारा ५६ वडालाई स्टेचर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

गोरखा १ का प्रतिनिधिसभा सांसद कांग्रेसका राजेन्द्र बजगाईंले बिरामी बोक्न प्रयोग हुने स्टेचर सहयोग गरेका छन्। गोरखा सरदमुकाममा आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरलाई स्टेचर हस्तान्तरण गरेका हुन्।

गोरखा क्षेत्र नं १ का अधिकांश भूगोल सडक सन्जालबाट वञ्चित रहेको तथा दुर्गम क्षेत्रका बिरामीलाई स्वास्थ्य संस्थासम्म सहज रूपमा बोकेर लैजानका लागि स्टेचर सहयोग गरिएको सांसद राजेन्द्र बजगाईंले बताए।

गोरखा १ मा ५६ वटा वडा छन्। ती सबै वडालाई एक-एकवटा पुग्ने गरी ५६ वटा स्टेचर हस्तान्तरण गरिएको हो। चुनाव जितेपछि विजयी उत्सवमा भोजभतेर नगरी जनताको सेवाका लागि पहिलो चरणमा स्टेचर वितरण गरिएको उनले जानकारी दिए।

आगामी दिन जनताको आवश्यकताअनुसार स्वास्थ्य सामग्री सँगसँगै अन्य सामग्रीहरू पनि उपलब्ध गराउँदै जाने उनले प्रतिबद्धता जनाए। बजगाईंले उत्तरी गोरखामा घाइते तथा बिरामीहरूको हेलिकोप्टरबाट उद्धारका लागि समन्वय गर्दै आएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले चुनाव जितेलगत्तै जनताको पिरमर्कालाई बुझी स्वास्थ्य सामग्री सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरेका थिए। उक्त सामग्री जिससमार्फत वडामा हस्तान्तरण हुने उनले जानकारी दिए।