Skip This
अमेरिकी संरक्षणवादले विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलामा हानि : चीन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस बेइजिङ
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी संरक्षणवादले विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलामा हानि : चीन

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

चीनले संयुक्त राज्य अमेरिकाको एकतर्फीवाद र व्यापारमा संरक्षणवाद बहुपक्षीय व्यापार प्रणालीबाट विचलित भएको आरोप लगाएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार अमेरिकाको एकतर्फीवाद र व्यापारमा संरक्षणवादले आर्थिक कानुन र बजार नियमहरूको उल्लंघन गरी विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलाको स्थिरतामा असर पारेको बताएको हो।

विश्व व्यापार संगठन (डब्लुटिओ)को गत साता सम्पन्न अमेरिकाको १५औँ व्यापार नीति समीक्षाबारे सञ्चारमाध्यमको जिज्ञासाको जवाफमा चीनको यस्तो भनाइ आएको हो। समीक्षाका क्रममा चीनले ठूलो मात्रामा भेदभावपूर्ण अनुदानहरू लागू गर्ने, धारा ३०१ अन्तर्गत एकतर्फी रूपमा विशाल र उच्च भन्सार कर लागू गर्ने र निर्यात नियन्त्रणका उपायहरूको दुरुपयोग गर्नेजस्ता अमेरिकी अभ्यासमा चिन्ता व्यक्त गरेको थियो।

विश्व व्यापार संगठनको नियमका आधारमा अमेरिकालाई तीन सय १२ वटा लिखित प्रश्न पनि सोधिएको मन्त्रालयले जनाएको छ। युरोपेली संघ, जापान र क्यानडालगायत विश्व व्यापार संगठनका अन्य सदस्य राष्ट्रहरूले पनि बहुपक्षीय व्यापार प्रणालीमा सान्दर्भिक अमेरिकी व्यापार नीतिको प्रणालीगत प्रभावबारे समीक्षामा चिन्ता व्यक्त गरेका थिए।