१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Saturday, 05 July, 2025
२o७९ पौष ३ आइतबार १५:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

समानुपातिकतर्फ निर्वाचित सांसदले बुझे प्रमाणपत्र [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १५:४o:oo

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। 

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्। 

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए। प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन्। 

पातिकतर्फ सबैभन्दा बढी एमालेका ३४, कांग्रेसका ३२, माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँचजना निर्वाचित भएका छन्।