१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार नपाएर पाँच विपन्न दलितले ज्यान गुमाएको घटनामा मधेसी आयोगको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५७:oo

उपचार नपाएर सप्तरीको कञ्चनरूप नगरपालिकामा पाँच विपन्न दलितको मृत्यु भएको विषयमा मधेसी आयोगले ध्यानाकर्षण भएको जनाएको छ। शनिबार नयाँ पत्रिकाले ‘उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

‘...सप्तरी जिल्लाको कन्चनरूप नगरपालिकामा पाँचजना अति विपन्न मधेसी दलितहरूले अकालमै ज्यान गुमाएका छन्। उपचारको अभावमा यी पाँचजनाको ज्यान गएको प्रारम्भिक अध्ययनबाट देखिन्छ। यस घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगले एक टोली उक्त क्षेत्रमा पठाउने तयारी गरेको छ। पीडित परिवारलाई आवश्यक सबैखाले सहयोग गर्न र बिरामीहरूलाई स्वास्थ्य उपचार गर्न आयोगले तीनै तहका सरकारसँग अपिल गरेको छ।

 

ad
ad