१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा फेरिएको दलगत उपस्थिति : कांग्रेस पहिलो, एमाले दोस्रो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:५१:oo

बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालको तयारी पुरा हुँदैछ । आज शनिवार निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन बुझाएपछि प्रदेश सभाको दोस्रो कार्यकालको गतिविधिले तिव्रता पाउने छ ।

मंसिर ४ मा सपन्न निर्वाचनको मतपरिणाम अनुसार बागमती प्रदेशमा यसपटक दलहरुको उपस्थितिमा अंकगणितिय रुपमा परिवर्तन आएको छ । प्रदेश सभामा उपस्थिति हुने दलको संख्या र दलहरुका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको संख्यामा परिवर्तन आएको हो ।

यसपटक गत प्रदेश सभामा प्रतिनिधित्व गर्ने केहि दल देखिने छैनन् भने एउटा नयाँ दलले प्रवेश पाउने छ । यस्तै, गत प्रदेश सभामा ठूलो दलको हैसियतमा उपस्थिती जनाएको एमाले यसपटक दोस्रो दलको रुपमा बैठकमा सहभागी हुने छ । गत प्रदेश सभामा तेस्रो स्थानको कांग्रेस यसपटक पहिलो दलको रुपमा प्रदेश सभामा उपस्थित हुँदै छ ।

मंसिर ४ को निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार बागमती प्रदेशको गत प्रदेशसभामा प्रतिनिधित्व गरेका २ वटा दलहरु बाहिरिएका छन् भने एउटा नयाँ दलले प्रवेश पाएको छ । यसरी प्रदेश सभाबाट बाहिरीने दलहरुमा विवेकशील साझा पार्टी र जनता समाजवादी पार्टी रहेका छन् । 

२०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट थ्रेस होल्ड कटाउँदै विवेकशील साझाले समानुपातिक तर्फबाट ३ सिट पाएको थियो भने जनता समाजवादी पार्टीको एक सिट रहेको थियो । यसपटक बागमती प्रदेशमा नयाँ दलका रुपमा हाम्रो नेपाली पार्टीले प्रवेश गरेको छ । उसले प्रत्यक्षबाट एक र समानुपातिकतर्फबाट थ्रेस होल्ड कटाउँदै एक सिट गरि दुईसिट सुरक्षित गरेको छ । 

यसअघि बागमती प्रदेशमा जम्मा २१ सिट जितेर तेस्रो स्थानमा रहेको कांग्रेस यसपटक सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको कांग्रेस ३७ सिट सहित पहिलो दलको रुपमा प्रदेश सभा बैठकमा उपस्थित हुनेछ । 

यता प्रदेशसभाको पहिलो कार्यकालमा बागमतीमा प्रत्यक्षमा ४२ र समानुपातिकामा १७ सिट गरि ५९ सिट सहित पहिलो दल बनेको एमाले यसपटक २७ सिटमा खुम्चिदै दोस्रो स्थानमा पुगेको छ । यसपटक एमालेले प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ १४ सिट मात्रै प्राप्त गरेको छ । बागमती प्रदेशमा सबैभन्दा क्षति एमालेलाई पुगेको छ । २०७४ को निर्वाचनमा माओवादीसँग एकिकरण गरेर चुनावमा भाग लिदा फाइदा लिएको एमालेलाई पार्टीको फुटले यसपटक सबैभन्दा क्षति पुर्‍याएको हो ।

यसैगरी माओवादी केन्द्र २१ सिटसहित यसपटक बागमती प्रदेशसभामा एक स्थान तल झरेको छ । उसले प्रत्यक्षबाट १४ र समानुपातिकबाट ७ सिट प्राप्त गरेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी २२ सिट सहित दोस्रो ठूलो दल बनेको थियो । बागमती प्रदेश सभामा राप्रपा १३ सिट सहित यसपटक चौथो ठूलो दल बनेको छ । गत प्रदेश सभामा जम्मा दुई सिट मात्रै रहेको राप्रपाले यसपटक प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी कुल १३ सिट पाएको हो ।

यस्तै बागमती प्रदेशमा एमालेपछि सबैभन्दा ठूलो क्षति एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पनि पुगेको छ । एमालेबाट अलग्गिदा १३ सिट रहेको एकिकृत समाजवादीको यसपटक प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी कुल ७ सिट मात्रै रहेको छ  । एकिकृत समाजावादी ७ सिट सहित प्रदेशसभाको पाँचौं ठूलो दल बनेको छ । 

यसअघि दुई सिट सहित प्रदेश सभामा उपस्थिति जनाएको नेपाल मजदुर किसान पार्टीले यसपटकपनि प्रत्यक्षमा एक र समानुपातिकतर्फ २ गरि ३ सिट जितेको छ । यसपटक मात्रै बागमती प्रदेश सभामा प्रवेश पाएको नव प्रवेशी दल हाम्रो नेपाली पार्टीले २ सिट जितेको छ । उसले प्रत्यक्षबाट एक र समानुपातिकबाट एक गरि दुई सिट जितेको हो  ।

कुल ११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुने व्यवस्था छ । सोहि अनुरुप मंसिर ४ मा सम्पन्न आमनिर्वाचनबाट बागमति प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकबाट ४४ गरि ११० सांसद निर्वाचित भइसकेका छन् । यससँगै अब बागमती प्रदेशमा नयाँ सरकार निर्माणको बाटो पनि खुलेको छ । 
 

ad
ad