१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार २o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङबाट निर्वाचित सांसदलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार २o:१३:oo

नेपाल पत्रकार महासंघ लमजुङ शाखाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य २०७९ मा निर्वाचित सांसदलाई सम्मान गरेको छ।

बेँसीसहर नगरपालिका ३ स्थित काउलेपानीमा शुक्रबार आयोजित महासङ्घको १५ औँ साधारणसभामा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित डा।टकराज गुरुङ र भेषबहादुर पौडेललाई सम्मान गरेको हो। 

पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।  सम्मानित तीनै जनाले जिल्लाको समग्र विकास र सञ्चार क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताएका छन्। 

साथै पत्रकार महासंघ लमजुङले विकास खोज पत्रकारिता पुरस्कार जिल्ला शाखाका पुर्व अध्यक्ष सन्तोश पौडेललाई प्रदान गरेको छ। तत्कालिन जिल्ला विकास समिति लमजुङद्धारा स्थापना गरीएको पुरस्कार शाखाले १५ औँ साधरणसभाको अवसरमा पौडेललाई प्रदान गरेको हो। 

नेपाल पत्रकार महासंघमा दुईलाख रुपैया अक्षयकोष स्थापना गरी प्रत्येक साधारण सभाको अवसरमा सो पुरस्कार वितरण गरिँदै आएको छ। शाखाले सो रकमको व्याजबाट प्रत्येक साधारण सभाको अवसरमा जिल्लाका एकजना पत्रकारलाई नगद रु १० हजार एकसय एक सहित प्रमाणपत्र प्रदान गर्दै आएको छ।

ad
ad