१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार २२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ढकालको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार २२:o५:oo

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट नाफिजमा पुनः मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

यसअघि पनि नाफिज अध्यक्षमा ढकाल नै थिए । १३ सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ ।

महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । 
उपाध्यक्षमा परमेश्वर अधिकारी र मेनुका कार्की निर्वाचित भएका छन् । 

महासचिवमा नवीन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्विरोध चयन भएका छन् । 

सदस्यहरूमा निकेश खत्री, विजय पराजुली, सबिना कार्की  र राजाराम न्यौपाने निर्वाचित भएका छन् ।

ad
ad