१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २९ बिहीबार १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यक्रममा सहभागी हुन क्यानडा पुगेकी पर्वतारोहण संघकी डोमा उतै बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १९:११:oo

क्यानडाको बाँफमा गत २९ अक्टोबरमा भएको इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन गएकी नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उत्तै भागेकी छिन्। 

अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै उनी गत २८ अक्टोबरमा नेपालबाट क्यानडा उडेकी थिइन्। 

सभा सकिएलगत्तै टोलीमा सहभागी सबै नेपाल फर्किसकेका छन्, तर शेर्पा अझै फर्केकी छैनन्। टोलीमा संघका महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल सहभागी थिए। 

सभामा सहभागी हुन गएकी उनी एकाएक बेपत्ता भएपछि टोलीका सदस्यले उनलाई पटक–पटक सम्पर्क गर्न खोजेका थिए तर सम्पर्कमा नआएपछि उनलाई छाडेर टोली नेपाल फर्किएको थियो। 

संघका महासचिव लम्सालले शेर्पा सभामा भाग लिन गएको, तर सँगै नफर्किएको स्वीकार गरे। उनले भने, ‘शेर्पा सभामा भाग लिन जानुभएको हो। हामी फर्कियौँ, तर उहाँ फर्किनुभएको छैन। उहाँले क्यानडा जान तीन महिनाअघि नै भिसा अप्लाई गर्नुभएको रहेछ। त्यही क्रममा हामीकहाँबाट पनि भिसा लाग्यो। यसलाई संयोग नै मान्नुपर्यो। यद्यपि, उहाँलाई फर्काउन हामी कोसिस गरिरहेका छौँ।’

महिना दिनसम्म पनि नफर्केपछि संघले विभिन्न माध्यमबाट सम्पर्क गरी नेपाल फर्कन भनेको थियो। उनी विवाह गर्नुपर्ने बहाना देखाउँदै फर्कन मानिरहेकी छैनन्। शेर्पा केही महिनाअघि मात्रै संघमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन्। सगरमाथा आरोहणसमेत गरेकी उनी पत्रकार पनि हुन्।