Skip This
सर्लाहीका तीनवटै चिनी उद्योगमा उखु ‘क्रसिङ’को तीव्र तयारी  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १८:५२:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

सर्लाहीका तीनवटै चिनी उद्योगमा उखु ‘क्रसिङ’को तीव्र तयारी  

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

सर्लाहीका तीनवटै चिनी उद्योग उखु क्रसिङको तयारीमा जुटेका छन्। जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिङ तयारी पूरा गरेको जनाएको छ। 

बुधबार उद्योगले डोगा पूजा गरेसँगै उद्योगको क्रसिङ तयारी पूरा भएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए। स्थानीय, अगुवा उखु किसान उद्योगका कर्मचारीलगायतको उपस्थितमा उद्योगले भव्य समारोहबीच डोगा पूजा गरेको हो।    

पुस पहिलो हप्ताबाट क्रसिङ सुरु गर्ने तयारीसहित उद्योगले उखु संकलन सुरु गर्ने तयारी गरिरहेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए। 

यस वर्ष उद्योगले ३५ देखि ४० लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य लिएको उनले बताए। उद्योगको मिलगेट क्षेत्रमा मात्र यस वर्ष १० हजार बिघा हाराहारी क्षेत्र फलमा उखु उत्पादन भएको उद्योगको सर्भेले देखाएको छ। 

उद्योगले गत वर्षको हिसाबमा यस वर्ष केही बढी क्रसिङ गर्ने लक्ष्य रहेको उद्योगका उखु प्रबन्धक रजकले जानकारी दिए। उद्योगका अनुसार यस सिजनमा धेरै किसानहरूले उद्योगबाट वितरण गरेको उन्नत जातको उखु धेरै लगाएका छन्।

यसबाट समेत उतपादनमा वृद्धि हुने उद्योगको अपेक्षा छ। यस उद्योेगले गत वर्ष २४ लाख १३ हजार ३ सय ४८ क्विन्टल मात्र उखु क्रसिङ गरेको थियो।

यसैबीच जिल्लाको गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योगले पनि सञ्चालन तयारी पूरा गरेको जनाएको छ। उद्योगले तयारी पूरा गरेर किसानहरूबाट उखु संकलनसमेत सुरु गरेको उद्योगको उखु प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए। उखु प्रबन्धक सिंहका अनुसार उद्योगले किसानहरूलाई धमाधम चलानी वितरण गरिरहेको छ। 

यस उद्योगले पनि गत सिजनभन्दा दुई गुणा बढी उखु क्रसिङ गर्ने जनाएको छ। यस वर्ष उत्पादन वृद्धि भएकोले १६ देखि १७ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका उखु प्रबन्धक सिंहले बताए। 

यस उद्योगले गत सिजन ८ लाख ३८ हजार क्विन्टल उखु मात्र क्रसिङ गर्न पाएको थियो। गत सिजन कम उखु उत्पादन हुँदा जिल्लामा उद्योगहरू छिट्टै बन्द भएका थिए।
 
उद्योगको प्रभाव क्षेत्रमा यस वर्ष २५ देखि ३० प्रतिशत उखु खेती बढेको महालक्ष्मी चिनी उद्योगका उखु प्रबन्धक सिंहको भनाइ छ। उन्को भनाइअनुसार उद्योगले यस वर्ष किसानहरूलाई उन्नत जातको उखुको बिउ वितरण गरेको थियो।

उक्त उन्नत जातको उखुको तौलसमेत पर्ने भएकोले यस वर्ष उखुु क्रसिङ गत वर्षको भन्दा धेरै हुने उनले दाबी गरे। 

यस्तै, धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले पनि यस सिजन क्रसिङ गर्ने तयारी गरेको छ। बुधबार यस उद्योगले पनि डोगा पूजा गरेको हो। विगत लामो समय किसानहरूको भुक्तानी नदिएर बन्द रहेको उद्योग नयाँ व्यवस्थापनबाट सञ्चालनको तयारी भएको हो। 

गत सिजनमै यस पहिलाका लगानी कर्ता राकेश अग्रवालबाट उद्योग खरिद गरेका नयाँ व्यवस्थापन समूहले सञ्चालन गर्ने तयारी गरेका थिए। तर, अन्तिम समयमा प्राविधिक समस्याले सोचेअनुसार नभएको उद्योगका उखु प्रबन्धक शशीकान्त चौधरीले जानकारी दिए।
 
उखु प्रबन्धक चौधरीका अनुसार उद्योगले गत सिजनको अन्तिममा ४० हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द गरेको थियो। आगामी पुस पहिलो हप्ताबाट सञ्चालनको तयारी गरेको उद्योगले ५ देखि १० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य लिएको उनले जानकारी दिए। ‘यस पहिलाको बिग्रिएको साख बचाउनुुपर्ने हामीमा चुनौती पनि छ,’ उनले भने, ‘गत सिजनको सबै पैसा किसानलाई दिइसकेका छौँ।’ 

यसअगाडिको साहुले रोकेको बाँकी भुक्तानीसमेत हामीले मिलाई दिएका छौँ। अब किसानलाई सुविधा हुने गरी उद्योग सञ्चालन हुनेछ।’

किसानले उद्योग सगैँ राज्यबाट पाउने अनुदानसमेत समयमा पाउन नसक्दा यस खेतीबाट पलायन हुनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। 

उद्योग सञ्चालनमा ढिलाइ हुँदा उखु हटाएर अन्य बाली लगाउनुपर्ने किसानहरूले कोलु क्रसरका उखु बिक्री गरिरहेका छन्। गत सिजनमा ५ सय ९० रुपैयाँ प्रतिक्विन्टलमा उखु बेचेका किसान यसपटक समयमै मूल्य तय नहुँदा अन्योलमा छन्। 

केही दिन पहिला मात्र अगुवा किसान तथा मिलगेट उखु उत्पादक समिति हरिवनले यस सिजन उखुको प्रतिक्विन्टल मूल्य ७  सय ५ रुपैयाँ कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन उद्योगमा पुगेको थियो। उक्त समितिले ज्ञापनपत्र उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत बुझाएको छ।