१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपको डेब्युमै तेस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२३:oo

विश्वकपमा छनोट हुन त्यत्तिकै कठिन छ । विभिन्न चरण पार गरेपछि मात्र विश्वकप खेल्ने सपना पूरा हुन्छ । त्यसमाथि विश्वकपको डेब्युमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक स्थान रक्षा गर्नु असम्भवजस्तै हो । तर, विश्वकप इतिहासमा पोर्चुगल र क्रोएसियाले डेब्यु प्रतियोगितामै तेस्रो स्थान हात पारेका थिए । 

सन् १९६६ मा इंग्ल्यान्डले आयोजना गरेको विश्वकपमा पोर्चुगलले डेब्यु गरेको थियो । पोर्चुगलले तेस्रो स्थानका लागि भएको खेलमा सोभियत युनियनलाई २–१ ले हराएको थियो । यसअघि सेमिफाइनलमा पोर्चुगल आयोजक इंग्ल्यान्डसँग २–१ ले पराजित भएको थियो । पोचुर्गलले क्वार्टरफाइनलमा उत्तर कोरियामाथि ५–३ को सनसनी जित निकालेको थियो । समूह ३ मा पोर्चुगल शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो । पोर्चुगलले सर्वाधिक ६ अंक बटुलेको थियो । 

सन् १९९८ मा युरोपियन राष्ट्रबाट क्रोएसियाले विश्वकपमा डेब्यु गरेको थियो । क्रोएसियाले तेस्रो स्थान रक्षा गर्न विश्वकपकै अनुभवी टोली नेदरल्यान्ड्सलाई २–१ ले हरायो । ऐतिहासिक रूपमा तेस्रो स्थान रक्षा गर्ने क्रममा पोर्चुगलका लागि प्रोसिनेकी र सुकरले गोल गरेका थिए । सेमिफाइनलमा आयोजक फ्रान्सले पोर्चुगललाई २–१ ले हरायो । क्रोएसियाले क्वार्टरफाइनलमा उपाधि दाबेदार जर्मनीमाथि ३–० को सनसनीपूर्ण नतिजा निकालेको थियो । 

ad
ad