१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यादेश खारेज गर्न १३ पूर्वआइजिपीको माग 

सुरक्षाकर्मीलाई हतोत्साहित बनाएको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:o८:oo

गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चले माग गरेको छ। 

अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले बहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र उनीहरूको परिवारलाई हतोत्साहित र निरास बनाएको भन्दै मञ्चले तत्काल खारेजीको माग गरेको हो । 

मंगलबार बसेको मञ्चको बैठकले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेशको विरोध गरेको हो। पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, धुव्रबहादुर प्रधान, श्यामभक्त थापा, ओमबिक्रम राणा, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्री उपस्थित बैठकले अध्यादेश खारेजी गर्न माग गरेको हो। 

नेपाल प्रहरीका हितविपरीतका सबै क्रियाकलाप र निर्णयको आगामी दिनमा पनि विरोध गर्दै निर्णय मञ्चको बैठकले गरेको छ। 

टीकापुर हत्याकाण्डका अभियुक्तलाई आममाफी दिन सकिने गरी अध्यादेश अघि बढाएपछि बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन्। सो घटनामा एसएसपीसहित सात प्रहरीको आन्दोलनकारीबाट हत्या भएको थियो।

ad
ad