१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अपर तामाकोसीको हकप्रद सेयर सहबिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४६:oo

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँबराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

नागरिक लगानी कोष र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि दुईपक्षीय सम्झौतापछि कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सन्राइज क्यापिटल लिमिटेडलाई सहनिष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको जनाइएको छ ।

ad
ad