१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ १ मंगलबार १५:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हराएका सहकारी खोज्दै महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:२६:oo

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन्। ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रस्ट नहुँदा ३५ दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो।   

पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ। ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन्।
 
सम्पर्कवहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनै पनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ। 

सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ। 

त्यस्ता सहकारीमा विराटनगर वडा नम्बर २ को सक्रिय, वडा नम्बर ३ को स्पर्श, वडा नम्बर ४ को परिचय, सगुन र पुष्पाञ्जलि, वडा नम्बर ५ को विराट कोसेली र एक्सेन्ज, वडा नम्बर ७ को सुमेरू, विराट उपभोक्ता र हिमशिखर, वडा नम्बर ८ को सहयोगी, वडा नम्बर ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था छन्। 

यस्तै वडा नम्बर १० को एभरेस्ट मल्टिपल, वडा नम्बर ११ को ज्ञानपुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नम्बर १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नम्बर १३ को नक्षत्र, वडा नम्बर १४ को बहुमूल्य, जुनतारा र प्रभावकारी, वडा नम्बर १५ को इच्छा, नेसनल, ऋद्धिसिद्धि र वडा नम्बर १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था छन्। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए। उनले ती सहकारीलाई खोजेर कानुनबमोजिम कारबाही गरिने जानकारी दिनए। 

ad
ad