१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लुइस बने स्पेनका नयाँ प्रशिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५६:oo

स्पेनिस राष्ट्रिय फुटबल संघले लुइस डे फुन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै स्पेन घर फर्किएको थियो । स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । प्रतियोगिताबाट बाहिरिएसँगै स्पेनले लुइस एन्रिकलाई बर्खास्त गरेको थियो । 

स्पेनले विश्वकपमा उत्कृष्ट सुरुवात ग¥यो । समूहको पहिलो खेलमै स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । दोस्रो खेलमा स्पेनले जर्मनीसँग १–१ को बराबरी खेल्यो । समूहको अन्तिम खेलमा स्पेन जापानसँग २–१ ले स्तब्ध भयो । विश्वकपमा एन्रिकले सोचेको जस्तो सफलता दिलाउन नसक्दा नै बर्खास्त गर्नुपरेको संघले जनाएको छ । 

नयाँ प्रशिक्षक लुइस सेभिल्ला र एटलेटिको विल्बाओका पूर्वखेलाडी हुन् । उनले २०१५ मा स्पेनको यू–१९ टोलीको प्रशिक्षण गरेका थिए । स्पेनले यू–२१ युरो २०१९ को उपाधि जित्दा लुइस मुख्य प्रशिक्षक थिए । 
 

ad
ad