Skip This
कैलाली १ बाट प्रतिनिधिसभामा तीन महिला, एमाले प्रदेशमै शून्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली १ बाट प्रतिनिधिसभामा तीन महिला, एमाले प्रदेशमै शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३o:oo

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ। 

क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रका रूपास्वसी चौधरी र कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो। 

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवैजनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिइसकेका छन्। 

टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्ली महिला हुन्। 

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये कांग्रेसले डा आरजु राणा देउवा, डडेल्धुरा र ईश्वरी न्यौपाने, कैलाली र माओवादीले स्वसी चौधरीलाई, कैलालीबाट सिफारिस गरेको छ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य छ।

एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली डोटी र निरुदेवी पाल कञ्चनपुरबाट पराजित भए। यसअघि संविधानसभाको सदस्य रहिसकेकी कांग्रेस नेतृ राणा देउवा हाल पार्टीको केन्द्रीय सदस्य हुन्।   

यस्तै संविधानसभा सदस्य रहेकी कांग्रेस नेतृ न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजय भएकी थिइन्। 

माओवादी केन्द्रकी रूपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए।  

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ ले प्रतिनिसभामा तीनजना सशक्त महिलाको उपस्थिति देखिएको छ। आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रूपमा हेरिने तीनैजना महिला एकैपटक, एकसाथ संघीय संसदमा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ।रासस