१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
अञ्जली अधिकारी कलाकार
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मेसी र रोनाल्डो मनपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:४७:oo

विश्वकपको नकआउट चरणका खेलहरू निकै रोमाञ्चक लागिरहेको छ । मलाई लियोनल मेसी र रोनाल्डो दुवै उत्तिकै मनपर्छ । तर, क्वार्टरफाइनलमा मोरक्कोसँग पोर्चुगल हारेपछि दुःख लागेको छ ।

अहिलेसम्म मेसीले र रोनाल्डोले विश्वकप जित्न नसकेकाले यसपटक दुईमध्ये एकले ट्रफी उचाल्नुपर्छ भन्ने मलाई लागेको थियो । तर, पोर्चुगल बाहिरिएकाले अब मेरो समर्थन अर्जेन्टिनालाई रहनेछ ।

पहिलो खेल हारेर पनि त्यसपछि फेरि राम्रो प्रदर्शन गरेर अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको छ । हरेक जितमा मेसीको भूमिका निर्णायक देखिएको छ । त्यसैले मलाई अर्जेन्टिनाको खेल हेर्न मज्जा लागिरहेको छ । 

ब्राजिल पनि राम्रो थियो । त्यसैले नियमित रूपमा ब्राजिलको खेल हेरिरहेको थिएँ । ब्राजिल क्रोएसियासँग हार्दा निकै नमज्जा लाग्यो । अर्जेन्टिना, ब्राजिल र पोर्चुगलका खेल नियमित हेरे पनि मैले समय अभावका कारण सबै खेल हेर्न पाइरहेकी छैन ।

यद्यपि, कुन देशले जित्यो भनेर अपडेटचाहिँ राख्छु । फुटबलले शारीरिक रूपमा पनि तन्दुरुस्त रहन मद्दत गर्छ । कहिलेकाहीँ फुटसल प्रतियोगिता हुँदा म आफैँ पनि खेल्ने गर्छु । फुटबलले आपसी एकता र भाइचारा बढाउन सहयोग गर्छ भन्ने लाग्छ । 

ad
ad