Skip This
‘नेमारले पाँचौँ नम्बरमा  पेनाल्टी हान्ने टिमकै निर्णय’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर २५ आइतबार १o:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘नेमारले पाँचौँ नम्बरमा  पेनाल्टी हान्ने टिमकै निर्णय’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १o:५४:oo

क्रोएसियासँग स्तब्ध भएपछि ब्राजिलका नेमारले पहिलो पेनाल्टी किन प्रहार नगरेको भनी प्रश्न उठेको छ । ब्राजिलबाट पहिलो रोड्रिगोले पहिलो पेनाल्टी प्रहार गरेका थिए । उनले प्रहार गरेको बललाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाएका थिए । धेरैजसोले नेमारले पहिलो पेनाल्टी प्रहार गर्दा खेलको नतिजा नै फरक हुन सक्ने बताएका छन् । 

तर, ब्राजिलले नेमारलाई पाँचौँ क्रममा पेनाल्टी प्रहार गर्न लिस्ट बनाएको प्रशिक्षक टिटेले जानकारी दिएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा टिटेले टिमको मिटिङअनुसारै नेमारलाई पाँचौँ क्रममा राखेको बताए । ‘खेल टाइब्रेकरमा जाँदा कुन–कुन खेलाडीले कहिले प्रहार गर्ने भनी निर्णय भइसकेको थियो, हामीले नेमारलाई पाँचौँ क्रममा राख्यौँ ।’ पेनाल्टी प्रहारमा पहिलो र पाँचौँ सबैभन्दा निर्णायक भएको उनले बताए । 

‘पहिलो पेनाल्टी प्रहार गर्ने खेलाडी नराम्रो थिएन, रोड्रिगो पनि राम्रै खेलाडीमा पर्छन्, तर गोलरक्षकले उत्कृष्ट बचाउ गरे,’ रोड्रिगोको बचाउ गर्दै टिटेले भने, ‘पेनाल्टीमा सबैभन्दा धेरै दबाब पाँचौँ स्थान प्रहार गर्नेले सामना गर्नुपर्छ, यस्तोमा सिनियर र अनुभवी खेलाडीलाई राखिन्छ, ब्राजिलले यही रणनीतिअनुसार नेमारलाई राखेको थियो ।’