१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २४ शनिबार १०:०७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आन्तरिक द्वन्द्वमा फसेको पोर्चुगल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २४ शनिबार १०:०७:००

स्विट्जरल्यान्डविरुद्धको खेलमा नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि पोर्चुगलमा तनाव बढेको छ । अहिले रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषबीच सुमधुर सम्बन्ध छैन । रोनाल्डोको स्थानमा पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएका गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले रोनाल्डोको अभाव हुन दिएनन् ।

स्विट्जरल्यान्डविरुद्ध रामोसले ह्याट्रिक गर्दा पोर्चुगलले ६–१ को जित निकाल्यो । अल थुमामा रंगशालामा पोर्चुगलले मोरक्कोको सामना गर्नेछ । पूर्वच्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अफ्रिकन राष्ट्र उच्च मनोबलमा छ । 

मोरक्को १२ वर्षपछि अन्तिम १६ मा प्रवेश गरेको हो । नाउसर माजराओई, सोफ्यान अम्राबात, हाकिम जियच, गोलरक्षक बोनोजस्ता खेलाडी रहँदा मोरक्को बलियो देखिन्छ । पोर्चुगलको आक्रामक खेललाई मोरक्को डिफेन्सिभ  र काउन्टर अट्याकमार्फत चुनौती दिने लक्ष्यमा छ । सन् २०१६ को युरोपियन च्याम्पियन पोर्चुगलले पुनः रामोसलाई प्लेइङ सेटमा स्थान दिनेछ ।

यसैगरी, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भा, जोआओ फेलिक्स, पेपे, रुवेन डिआस खेलाडीबाट उत्कृष्ट नजिताको आशामा छ । पोर्चुगल र मोरक्कोबीच हालसम्म दुई खेल भएका छन् । सन् १९८६ मा भएको पहिलो भेटमा मोरक्को ३–१ ले विजयी भएको थियो । सन् २०१८ मा भएको पछिल्लो भेटमा पोर्चुगल १–० ले विजयी भयो ।