१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनमतले संघ र प्रदेश तथा लोसपाले प्रदेशको समानुपातिक नाम बुझाए

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४५:oo

जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिक बन्दसूचीबाट नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएका छन् । दलहरूले पाएको मतका आधारमा सिट बाँडफाँड गर्दै आयोगले समावेशी समूहअनुसार नाम पठाउन बुधबार पत्राचार गरेको थियो । शनिबारसम्मको समय दिएको आयोगले संघीय संसद् र प्रदेश सभामा ३३ प्रतिशत महिला, अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी क्लस्टरअनुसार नाम माग गरेकोमा शुक्रबार दुई दलले बुझाएका हुन् । 

आयोगको समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जनमत र लोसपाले बन्दसूचीबाट नाम छनोट गरेर बुझाएको बताए । ‘नाम बन्द गरेर आएको छ । दलहरूलाई दिएको समय सकिएपछि आएका सबै नाम खोलेर हेर्छाैँ,’ उनले भने, ‘बन्दसूचीको क्रमअनुसार केही तलमाथि छ भने सच्याउन दुई दिनको समय दिन्छौँ ।’ 

प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन नसकेको लोसपाले मधेस र लुम्बिनी प्रदेश सभामा भने मतभारको सीमा कटाएर सिट प्राप्त गरेको छ । मधेसबाट दुई सिट पाएको लोसपाले अल्पसंख्यकको समेत प्रतिनिधित्व हुने गरी रूपा यादव र रमिता प्रधानको नाम छनोट गरेको छ । एक सिट मात्रै पाएको लुम्बिनीमा हेमा बेल्वासेको नाम छनोट गरेर आयोगमा बुझाइएको नेता केशव झाले जानकारी दिए । ‘आयोगको फम्र्याटमा हामीले कार्यालय सचिवमार्फत समानुपातिक सिटका लागि नाम बुझाएका छौँ,’ उनले भने ।

त्यस्तै, जनमत पार्टीले भने समानुपातिकतर्फ प्रतिनिधिसभामा पाँच र मधेसमा सात तथा लुम्बिनीमा दुई सिट जितेको छ । प्रतिनिधिसभामा चार महिला र एक पुरुषको नाम पठाइएको महासचिव चन्दन सिंहले जानकारी दिए । उनका अनुसार धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मू, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खानको नाम छनोट गरेर आयोगमा बुझाइएको हो । छनोट गरिएका नाममा दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एक मुस्लिमबाट छन् । 

मधेस प्रदेश सभामा सात सिट पाएको जनमतले समावेशी समूहअनुसार आदिवासी जनजाति एक, दलित एक, मधेसी चार र मुस्लिम एकजना छनोट गर्नुपर्छ । सातमध्ये पाँच महिला ल्याउनुपर्छ । छनोट गरिएकामध्ये दुईजना अल्पसंख्यक समूहको समेत प्रतिनिधित्व गर्ने हुनुपर्छ । 

मधेसी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुसवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीको नाम छनोट गरिएको सचिव सञ्जय यादवले बताए । 

लुम्बिनी प्रदेश सभामा जनमतले दुई सिट पाएकोमा एक आदिवासी र एक खस–आर्यबाट नाम छनोट गर्नुपर्छ । छनोट गरिएकामध्ये एकजना महिला हुनुपर्छ । खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम छनोट गरिएको सचिव यादवले जानकारी दिए । 

प्रतिनिधिसभामा सात दल र प्रदेश सभामा अधिकतम १० दलले थ्रेसहोल्ड कटाएर सिट पाएका छन् । दुई दलबाहेक अरूले दुई दिन बित्दा पनि नाम बुझाएका छैनन् । शनिबारसम्म समय भएकाले बाँकी दलले शनिबार नाम बुझाउनेछन् । 

प्रतिवेदन २९ मंसिरमा
समानुपातिक बन्दसूचीबाट नाम बुझाउन तीन दिन समय पाएका दलहरूले त्रुटि सच्याउन थप दुई दिन पाउँछन् । यसो हुँदा कानुनअनुसार दलहरूलाई सच्याएर नाम बुझाउने समय २६ मंसिरसम्म हुनेछ । दुई दिनमा प्रतिवेदन तयार पारेर बुझाउने गरी आयोगले राष्ट्रपतिसँग २९ मंसिरको दिनको समय माग गरेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । ‘अन्तिम परिणामसहितको प्रतिवेदन २९ गते बुझाउने आयोगको तयारी छ । यसै हिसाबले राष्ट्रपतिज्यूसँग समय मागेका छौँ,’ उनले भने ।

जनमत : जनमत पार्टीले प्रतिनिधिसमा चार महिला र एक पुरुषको नाम पठाएको छ । महासचिव चन्दन सिंहका अनुसार धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मू, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खानको नाम छनोट गरेर आयोगमा बुझाइएको हो । छनोट गरिएका नाममा दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एक मुस्लिमबाट छन् ।

त्यस्तै, मधेस प्रदेश सभामा ७ सिट पाएको जनमतले समावेशी समूहअनुसार आदिवासी जनजाति १, दलित १, मधेसी ४ र मुस्लिम १ जना छनोट गर्नुपर्छ । ७ मध्ये ५ महिला ल्याउनुपर्छ । छनोट गरिएकामध्ये २ जना अल्पसंख्यक समूहको समेत प्रतिनिधित्व गर्ने हुनुपर्छ ।

मधेसी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुसवाह, मुस्लिममा हसिना खातुन र जनजातिमा भाग्यश्रीकुमारी चौधरी छनोट गरिएको सचिव सञ्जय यादवले बताए । लुम्बिनी सभामा जनमतले २ सिट पाएकोमा एक आदिवासी र १ खस–आर्यबाट नाम छनोट गर्नुपर्छ । त्यसमध्ये १ जना महिला हुनुपर्छ । खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम छनोट गरिएको सचिव यादवले बताए । 

लोसपा : प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन नसकेको लोसपाले मधेस र लुम्बिनी प्रदेशमा भने थ्रेसहोल्ड कटाएको छ । मधेसबाट २ सिट पाएको लोसपाले अल्पसंख्यकको समेत प्रतिनिधित्व हुने गरी रूपा यादव र रमिता प्रधानको नाम छनोट गरेको छ । १ सिट मात्रै पाएको लुम्बिनीमा हेमा बेल्वासेको नाम छनोट गरेर आयोगमा बुझाइएको नेता केशव झाले बताए ।

ad
ad