Skip This
हिउँदमा न्यून वर्षा हुने प्रक्षेपण : वर्षा कम हुँदा सुक्खा र अधिकतम तापक्रम पनि बढ्ने अनुमान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
यम बम काठमाडाैं
Invalid date format o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिउँदमा न्यून वर्षा हुने प्रक्षेपण : वर्षा कम हुँदा सुक्खा र अधिकतम तापक्रम पनि बढ्ने अनुमान

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

हिउँदका तीन महिनामा वर्षा न्यून हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले १५ मंसिरदेखि १५ फागुनसम्मको हिउँदेयाममा मुलुकका धेरैजसो स्थानमा औसतभन्दा कम वर्षा हुने र अधिकत तापक्रम पनि सरदरभन्दा बढी हुने जनाएको हो ।

विभागको हिउँदे अवधिको हावापानी आकलनअनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ र सुनसरीलगायत पूर्वी तथा तराईका जिल्लामा सरदरभन्दा कम वर्षा हुने देखिन्छ । त्यस्तै, मधेसका पर्सा, बारा, रौतहटलगायत पश्चिमी जिल्ला, बागमतीका काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, गण्डकीका कास्की, स्याङ्जा, पर्वतलगायत मध्य तथा दक्षिणी जिल्लामा कम वर्षा हुने आकलन गरिएको छ । 

लुम्बिनीका अधिकांश जिल्ला र सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीमा पनि सरदरभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ । विभागका अनुसार यी सबै क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । सुदूरपश्चिमका बझाङ र बाजुरा तथा कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पाका उत्तरी भेगबाहेक अन्य क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना अझ धेरै छ ।

प्रशान्त महासागरमा विकसित भएको लानिना (पूर्वी प्रशान्त भूमध्यरेखीय तापक्रम सरदरभन्दा कम हुने अवस्था) हिउँदमा पनि कायमै रहने देखिएकाले त्यसको असरस्वरूप नेपालमा वर्षा पनि न्यून हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखाका प्रमुख डा. इन्दिरा कँडेलले जानकारी दिइन् । मनसुनको लानिनाले बढी वर्षा हुने सम्भावना रहन्छ भने अन्य समयको लानिनाले सामुद्रिक तापमान घटाइदिने भएकाले पानी पर्ने सम्भावना कम हुन्छ । त्यसबाहेक हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ छ, हिउँदभर तटस्थ नै रहने आकलन गरिएको छ । 

‘लानिनाले गर्दा वायुको बहावमा परिवर्तन ल्याउँछ । प्रायः नेपालमा हिउँददेखि प्रि–मनसुनमा पश्चिमबाट वायु प्रवेश गर्ने भए पनि लानिनाले वायुको बहाव परिवर्तन गरिदिने भएकाले यी सिजनमा नेपाल प्रवेश गर्ने हावा कमजोर हुन्छ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन्, ‘जसले गर्दा वर्षा कम हुन्छ र तापक्रम औसतभन्दा बढी हुने गर्छ ।’

नेपालमा हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वप्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणालीको हालको अवस्था तथा जलवायु प्रारूपको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनका कारकलाई पनि मध्यनजर गरेर वर्षा प्रक्षेपण गरिएको कँडेलले जनाइन् ।

यी क्षेत्रमा अधिकतम तापक्रममा पनि बढी हुने 
वर्षा नै कम हुने भएपछि मुलुकका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । विभागका अनुसार कर्णालीका हुम्ला र मुगुका पश्चिमी भूभाग र सुदूरपश्चिमका बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा धेरै हुने सम्भावना छ । त्यस्तै, प्रदेश १ को सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरीका दक्षिणी जिल्ला बागमतीका काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन र मधेसका पर्सा तथा सप्तरीमा अधिकतम तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ । विभागका अनुसार गण्डीका उत्तरपूर्वीबाहेकका अधिकांश जिल्ला लुम्बिनीका अधिकांश क्षेत्र, कर्णालीका पूर्वी तथा उत्तरी क्षेत्रमा पनि अधिकतम तापक्रम बढी हुने देखिन्छ ।