मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार ००:०९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टाइब्रेकरमा गोलकिपर नायक बन्दा क्रोएसिया सेमिफाइनलमा, ब्राजिल निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार ००:०९:००

दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टीमा आफूलाई अब्बल सावित गर्दै विपक्षीमाथि हावी भयो । खेलअवधि भर पनि लिभाकोभिचले थुप्रैपटक ब्राजिलका उत्कृष्ट प्रहार राखेका थिए । 

कतारको एजुकेशन सिटी स्टेडियममा आज भएको पहिलो क्वार्टरफाइनलमा ९० मिनेटसम्म कुनै गोल हुन सकेन । थपिएको ३० मिनेटको पहिलो हाफ सकिन लाग्दा १०५औँ मिनेटमा नेमारले उत्कृष्ट स्किल देखाउँदै ब्राजिललाई अग्रता दिलाए । 

तर, क्राएसियाका ब्रुनो पेटकोभिचले खेलको ११७औँ मिनेटमा बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ क्रोएसियाले विश्वकपको सर्वाधिक (पाँचपटक)विजेता ब्राजिललाई ४–२ गोलले हराउँदै क्वार्टरफाइनलबाट घर जान बाध्य बनायोे । 

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्यान्ड्सबीच हुने आजै हुने दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिसले बललाई जाली चुमाए । ब्राजिलका रोड्रिगोले गरेको पहिलो प्रहार नै क्रोएसियाका गोलकिपरले रोके । दोस्रो र तेस्रो प्रहार गर्न आएका कासेमिरो र पेड्रोले गोल गरे । तर, अन्तिममा आएका मार्किन्होसको प्रहार पोष्टमा लाग्दा अन्तिम प्रहारअघि नै क्रोएसियाले खेल जित्यो ।