मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २३ शुक्रबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यक्ति होइन, कांग्रेस सुदृढीकरणको बहस आवश्यक : भूपेन्द्रजंग शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार १७:३८:oo

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसमा कुन व्यक्ति के बन्ने भन्दा पनि पार्टीको सुदृढीकरणको बहस आवश्यक रहेको बताएका छन्। काठमाडौंमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्लो समय कांग्रेसमा नेताहरू पद प्राप्तिमा केन्द्रित भएको संकेत गर्दै यस्तो बताएका हुन्।

‘को व्यक्ति मन्त्री, को मुख्यमन्त्री, को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने भन्ने बहसको थालनी गरौँ,’ उनले भने, ‘व्यक्ति बलियो बनाउनेभन्दा संस्था कसरी बलियो बनाउने, छलफल केन्द्रित गरौँ।’

नेता शाहीले चुनावी  परिणामको समीक्षा र गठबन्धनको औचित्यताबारे छलफल आवश्यक रहेको भन्दै यसका कमजोरीहरूको नेतृत्वले जिम्मा लिनुपर्ने जिकिर गरे। ‘निर्वाचनमा पार्टीले सोचेको परिणाम आएन। दुईतिहाइ बहुमत ल्याउने भनेको गठबन्धन असफल भयो। समानुपातिकमा कांग्रेसको मत घट्यो,’ उनले भने।