१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४८:oo

कपाललाई सुन्दर, चम्किलो तथा बलियो बनाउन परापूर्वकालदेखि नै मेहदी लगाउने चलन छ । हुन त कपालमा लगाउनका लागि अहिले बजारमा विभिन्न कृत्रिम रङ (हेयर कलर) आएका छन् । यस्ता हेयर कलरले प्राकृतिक मेहदी लगाउने चलन निकै कम भएको छ । तथापि, जो आफ्नो कपाललाई रसायनबाट जोगाएर प्राकृतिक रूपमै सुन्दर बनाउन चाहन्छन्, उनीहरूले अहिले पनि मेहदी नै कपालमा लगाउने गर्छन् । किनकि, मेहदी आफैँमा प्राकृतिक रङ भएकाले यसले कपाललाई हानि गर्दैन । मेहदी कपालमा किन, कसरी र कस्तो अवस्थामा लगाउने ?

किन लगाइन्छ ?
- फुलेको कपाललाई छोपेर प्राकृतिक रूपमा बर्गन्डी रङको बनाउन मेहदी लगाइन्छ ।
- कपाललाई चम्किलो बनाउन लगाइन्छ ?
- कपालको जरासँगै रेसाहरूलाई बलियो एवं मजबुत बनाउन लगाइन्छ ।
- कपालमा चाया कम गर्न तथा चिलाउने समस्यालाई कम गर्न लगाइन्छ । 
- कन्डिसनरको रूपमा काम गर्छ ।

यस्तो कपालमा नलगाउने
- वातावरण तथा विभिन्न रोगका कारण अत्यधिक सुक्खा र फुंग भएको कपालमा मेहदी लगाउनुहुन्न । यसले अझ सुक्खा बनाउँछ ।
- कृत्रिम रङ (कलर) गरेको तथा हाइलाइट गरेको कपालमा मेहदी लगाउनु हुँदैन । यस्तो कपालमा मेहदी लगाउँदा त्यो कपाल झन् सुक्खा हुन्छ । 
- कपाललाई स्ट्रेट बनाउनु छ भने त्यस्तो कपालमा मेहदी लगाउनु हुँदैन । 

कसरी राम्रो बनाउने र लगाउने ?
- आजभोलि प्राकृतिक मेहदी पनि बजारमा धुलो (पाउडर)को रूपमा तयारी प्याकेटमा किन्न पाइन्छ । त्यसैले यस्तो तयारी मेहदी किनेर ल्याउने ।
- मेहदीको आवश्यक धुलो (पाउडर)मा मेथीको केही मात्रा धुलो पाउडर मिसाउने । अनि त्यसमा थोरै तोरीको तेलसँगै आवश्यक पानी राखेर भिजाउने । यसमा अन्डा पनि मिसाउन सकिन्छ । 
- यसरी रातभरि भिजाएको मेहदीलाई भोलिपल्ट लगाउने ।
- हातमा पन्जा लगाएर मात्र अनुहार तथा अन्य छालामा नपर्ने गरी मेहदी लगाउने ।
- यसरी मेहदी लगाइसकेपछि ४५ मिनेटसम्म त्यसलाई राख्ने । अब सफा पानीले कपाल धुने । यसपछि कपालमा मेहदीको रङ देखिन्छ । यसरी लगाएको मेहदी निकै लामो समयसम्म कपालमा रहन्छ ।

ad
ad