१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:२७:oo

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (बिहीबार)देखि सुरु भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ । 

१५ दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा–आराधना गरी उँधौली चाडको औपचारिक सुरुवात गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव जीवन नाछिरिङले बताए । किराँत ऐतिहासिक स्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिने साकेला उँभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको किराँत राई यायोख्खाले जनाएको छ । 

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन् । 

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको रूपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ।

उँधौली र उँभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । 

ad
ad