१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठ मिनेटको अन्तरमा ह्याट्रिक गर्ने लास्जिओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२५:oo

फुटबल खेलमा ह्याट्रिक दुर्लभ मानिन्छ । पूरै ९० मिनेटको प्रतिस्पर्धामा मुस्किलले खेलाडीले ह्याट्रिक गर्छन् । चालू कतार विश्वकपमा प्रिक्वार्टरफाइनल खेलमा मात्र ह्याट्रिक दृश्य देखियो । पोर्चुगलका रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरे । पोर्चुगलका युवा खेलाडी रामोसको चर्चा भइरहेको छ । विश्वकप इतिहासमा आठ मिनेटको अन्तरमा ह्याट्रिक भएको रेकर्ड छ । 

सन् १९८२ को विश्वकपमा हंगेरीका लास्जिओ किसले केवल आठ मिनेटको अन्तरमा एल साल्भाडोरको पोस्टमा तीन गोल गरे । एल साल्भाडोरविरुद्ध उनले दोस्रो हाफपछि ह्याट्रिक गरेका थिए । खेलको ६९औँ मिनेटमा लास्जिओले पहिलो गोल गरे । खेलको ७२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । खेलको ७६औँ मिनेटमा उनले प्रतियोगितामै आफ्नो पहिलो ह्याट्रिक लगाए । विश्वकप इतिहासमा उनले गरेको ह्याट्रिक अहिलेसम्मकै छिटो हो । यो रेकर्ड तोडिएको छैन । 

हंगेरी टोलीमा त्यति धेरै समय नबिताए पनि लास्जिओले राम्रो छाप छाड्न सफल भए । । सन् १९७४ देखि ८४ सम्म हंगेरीको राष्ट्रिय टोलीमा आबद्ध लास्जिओले ३३ खेलमा ११ गोल गरेका थिए । सन् २०१० देखि २०१२ सम्म उनी हंगेरीको महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बने । फुटबल करिअरपछि उनले अधिकांश समय नै प्रशिक्षकका रूपमा बिताएका छन् । पछिल्लोपटक उनी सेग्लेडीका प्रशिक्षक बनेका थिए । 

ad
ad