Skip This
हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २२ बिहीबार o७:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार o७:४o:oo

 बेल्जियमका कप्तान इडेन हाजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । २२औँ संस्करणको विश्वकपमा बेल्जियम समूह चरणबाटै बाहिरिएको एक सातापछि हाजार्डले सन्न्यासको घोषणा गरेका हुन् ।

विश्वकपको समूह ‘एफ’मा बेल्जियम तेस्रो स्थानमा रहँदा पहिलो चरणबाटै बाहिरिएको थियो । बेल्जियमले तीन खेलमा चार अंक मात्र जोड्यो । बेल्जियमले क्यानडामाथि जित निकालेको थियो । यसअघि बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिन्सले राजीनामा दिएका थिए ।

हाजार्डले फुटबलमा एक अध्याय समाप्त भएको प्रतिक्रिया दिएका छन् । ‘एउटा अध्याय समाप्त भएको छ,’ हाजार्डले इन्स्टाग्राममा लेखेका छन्, ‘यहाँसम्मको यात्रामा तपाईंहरूले दिएको मायाका लागि धन्यवाद छ !’ हाजार्डले नयाँ पुस्ताका लागि सन्न्यास घोषणा गरेको बताएका छन् । ‘मेरो यो घोषणाले नयाँ पिँढीका खेलाडीलाई बाटो खुलेको छ, बेल्जियमलाई अब नयाँ पुस्ताले हाँक्नेछन्,’ उनी भन्छन्, ‘बेल्जियमको राष्ट्रिय टोलीलाई सधैँ मिस गर्नेछु ।’ 

हाजार्ड बेल्जियमका लागि चौथो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । सन् २००८ मा डेब्यु गरेका हाजार्डले बेल्जियमका लागि एक सय २६ खेल खेले । उनले राष्ट्रिय टोलीका लागि ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । बेल्जियमका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी रामेलु लुकाकु हुन् ।