Skip This
जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

कञ्चनपुरमा फेरि जंगली हात्तीको आतंक बढेको छ । गत भदौमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाकी मीना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नबित्दै फेरि बेदकोट नगरपालिका– १ हात्तीथलाकी एक वृद्धा महिलाको ज्यान लिएको छ ।

मंगलबार जंगली हात्तीको आक्रमणमा परी बेदकोट– १ हात्तीथलाकी ६९ वर्षीया हिरा धानुकको मृत्यु भएको छ । बेदकोट नगरपालिका– १ का वडाध्यक्ष रमेश भण्डारीले घाँस–दाउरा ल्याउन गएका वेला हिरामाथि जंगली हात्तीले आक्रमण गरेको बताए । हात्तीको आक्रमणमा परी हिराको घटनास्थलमै मृत्यु भएको छ ।

‘दुवै खुट्टा तोडिदिएको छ,’ वडाध्यक्ष भण्डारीले भने, ‘घटनास्थलमा तोडफोड गरिदिएको छ ।’ मृतक हिराका छोरा उज्ज्वल धानुकले घाँस–दाउरा ल्याउन नजिकै सामुदायिक बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका वेला हात्तीको बथानले आक्रमण गरी आमाको मृत्यु भएको बताए ।

‘आमा साँझसम्म पनि घर नआएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक मृत भेट्टाएँ,’ उनले भने, ‘जंगली हात्ती गाउँनजिकै आएर धपाई–धपाई आक्रमण गरेको देखियो ।’ जंगली हात्ती नियन्त्रण नहुँदा कञ्चनपुरमा पछिल्ला दिनमा मानवीय तथा भौतिक क्षति भइरहेको छ । हिराको शव घटनास्थलमै छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीसहित निकुञ्जको टोली घटनास्थल गइरहेको छ ।