Skip This
नेमारले पेले र रोनाल्डोको कीर्तिमान बराबरी गरे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २१ बुधबार o६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेमारले पेले र रोनाल्डोको कीर्तिमान बराबरी गरे

पेले र रोनाल्डोपछि विश्वकपको तीन संस्करणमा गोल गर्ने नेमार तेस्रो ब्राजिलियन खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार o६:५९:oo

 २२औँ विश्वकप फुटबल प्रतियोगितामा मंगलबार बिहान ब्राजिलले दक्षिण कोरियालाई प्रिक्वार्टरफाइनलमा ४–१ ले हराएको छ । जितसँगै पाँचपटकको विजेता ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब ब्राजिलले क्रोएसियासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । ब्राजिलको जितमा नेमारले पनि एक गोल गरेका थिए । उनले पहिलो हाफमै पेनाल्टी गोल गरेका हुन् । दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलले थुपै्र रेकर्ड राख्न सफल भयो । 

सन् १९५४ पछि ब्राजिलले विश्वकप इतिहासमा पहिलो हाफमै चार गोलको अग्रता लियो । सन् २०१४ को विश्वकपछि नकआउट चरणमा मध्यान्तरअघि नै चार गोल गर्ने ब्राजिल पहिलो टोली बन्यो । दक्षिण कोरियाविरुद्ध गोल गरेका स्ट्राइकर नेमारले पनि आफ्नो नाममा रेकर्ड बनाएका छन् । नेमार तीनवटा विश्वकपमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी बने । नेमारअघि ब्राजिलका लागि पेले र रोनाल्डोले तीनवटा विश्वकप संस्करणमा गोल गरेका थिए । 

नेमारले सन् २०१४, २०१८ र २०२२ मा गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा नेमारले डेब्यु गरेका थिए । ब्राजिलमै आयोजना भएको विश्वकपमा नेमारले टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । विश्वकप ट्रफी तीनपटक उचालेको कीर्तिमान बनाएका पेलेले चार संस्करणमा गोल गरेका थिए । 

उनले सन् १९५८, १९६२, १९६६ र १९७० को विश्वकपमा गोल गरेका थिए । विश्वकपकै दोस्रो सर्वाधिक गोलकर्ता रोनाल्डोले सन् १९९८, २००२ र २००६ को विश्वकपमा गोल गरेका थिए । सन् १९९४ को विश्वकपमा रोनाल्डो ब्राजिलियन टोलीमा थिए । तर, उनले विश्वकपमा एक खेल पनि खेल्न पाएनन् । 

दक्षिण कोरियाविरुद्ध नेमारले व्यक्तिगत ७६औँ अन्तर्राष्ट्रिय गोल गरेका हुन् । नेमारले अब थप एक गोल गर्दा विश्वकपकै महान् खेलाडी पेलेको कीर्तिमान बराबरी गर्नेछन् । पेले राष्ट्रिय टोलीबाट सर्वाधिक ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । विश्वकपमा सर्बियाविरुद्धको खेलमा नेमार चोटग्रस्त बनेका थिए ।