मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२२ मंसिरदेखि १४औँ मानवअधिकार महाभेला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका पक्षमा क्रियाशील संघसंस्थाको संयुक्त पहलमा काठमाडौंमा मानवअधिकार महामेला आयोजना हुने भएको छ। ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा २२ देखि २८ सम्म मेला आयोजना हुने भएको हो।

‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ नाराका साथ १४औँ मानवअधिकार महाभेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। सन् २००९ देखि हरेक वर्ष मानवअधिकार राष्ट्रिय महाभेला आयोजना हुँदै आएको छ।

मानवअधिकारको संरक्षण, सम्बर्द्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधिको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु महाभेलाको ध्येय रहेको मूल आयोजक समितिका संयोजक मञ्जु गुरुङले जानकारी दिइन्।

संविधानले सामाजिक न्याय, समानुपातिक समावेशिता र धर्म निरपेक्षताको प्रत्याभूत गरेको छ। महाभेलाको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम रहेको उनले बताइन्।