मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर २० मंगलबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचना बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १४:o२:oo

पटकपटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले मंगलबारदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

३५ दिने र अन्तिमपटकको तीनदिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारी टोलीसहित डोजर लिएर सडकमा निस्किएका हुन्। मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहवरमा नगरप्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन्।

व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ। सो क्रममा नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि मेयर भण्डारीले बताए। पटकपटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको उनको भनाइ छ।