मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १९ सोमबार १५:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक २४ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १५:५२:oo

निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन पनि उच्च अंकले गिरावट भएको छ। सोमबार नेप्से २४.४६ अंकले घटेर एक हजार ९३८.७६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९, फ्लोट इन्डेक्स १.३८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले घटेको छ।

कारोबारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता सेयर एक अर्ब ६७ करोड ४ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। आइतबार एक अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त उपसमूह २.२८ तथा बाँकी उपसमूहहरू पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ।

सोमबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशत बढ्दा अजोड इन्स्योरेन्सको ७.३७ प्रतिशतले घटेको छ। त्यसैगरी, ओरियन्टल होटेल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भई रिडी पावर शीर्ष स्थानमा छ।