मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन्। आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ। बिहान १०ः१५ तिर पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

१४ मंसिरमा बैतडी पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया माया लुहारको बीभत्स हत्या भएको थियो भने उनीसँगै रहेकी नेहा लुहारलाई घाइते बनाइएको थियो। नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कोलीलाई बैतडी लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।