मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १८ आइतबार
  • Thursday, 10 July, 2025
२o७९ मङ्सिर १८ आइतबार १o:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १८ आइतबार १o:४o:oo

दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी भएका छन् । भीमेश्वरनगरका पूर्वनगरप्रमुख केसीले कांग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

केसीले १९ हजार चार सय १४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत पाएका छन् ।  केसीले एक हजार आठ सय १९ को मतान्तरले जित हात पारेका हुन् ।