Skip This
काबुलमा गोली प्रहारबाट बच्न सफल भए पाकिस्तानी राजदूत 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलमा गोली प्रहारबाट बच्न सफल भए पाकिस्तानी राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। 

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले गोली हानेका थिए। ती सुरक्षागार्ड घाइते भएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार साेही समयमा राजदूत निजामानी दूतावासनजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए। 

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।