Skip This
मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष भट्टराईको निधन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष भट्टराईको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ। सप्तरी घर भएका भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा सुतेको अवस्थामा शनिबार बिहान मृत फेला परेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

६४ वर्षीय भट्टराई शनिबार हुन लागेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११औं साधारण सभामा सहभागी हुन पत्थरकोट आइपुगेका थिए। सभाको प्रमुख अतिथिको रूपमा निम्त्याईएका उनी बिहान मृत अवस्थामा फेला परेका महासंघ सर्लाही अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए।

शुक्रबार बेलुका सामान्य अवस्थामा खाना खाएर सुत्न गएका उनी बिहान अबेरसम्म नउठेपछि सँगै आएका साथीहरू उठाउन कोठामा पुगेका थिए। सोही क्रममा भट्टराई अचेत अवस्थामा फेला परेपछि उनीहरूले प्रहरीलाई खवर गरेका थिए।

भट्टराईको शव मुचुल्का तयार गरी परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ। घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभा अनिश्चतकालका लागि स्थगित गरिएको शाखा सचिव  सुनिल ठाकुरले जानकारी दिए। लामो समय क्रियाशील पत्रकारितामा संलग्न भट्टराईका दुई छोरा र एक छोरी छन्।