मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती प्रादेशिक अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने भएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि उक्त समस्या समाधान हुने भएको छ।

यसअघि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्थ्यो। अस्पतालले फालेका फोहरहरु किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे। अब भने अस्पतालजन्य फोहरहरु सो केन्द्रमा पठाएर संक्रमणयुक्त फोहरलाई संक्रमणमुक्त बनाइने छ। अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालका अनुसार संक्रमणमुक्त बनाइएका फोहर उपमहानगरपालिकाको जिम्मा लगाइनेछ।

‘पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने गरेको अवस्था थियो,’ उनले भने, ‘तर, अब संक्रमणमुक्त बनाएपछि नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन हुनेछ।’ अस्पतालमा फोहरलाई संक्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ। फोहरलाई संक्रमणमुक्त गरेपछि वर्गीकरण गरेर उपमहनगरपालिकालाई जिम्मा लगाइनेछ।

युएनडिपी र चाइना एडको सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो। दुई करोड ५० लाख लागतमा आबश्यक सामग्रीसहितको उक्त केन्द्र स्थापना गरिएको हो। घरमा हुने र अस्पतालमा हुने फोहरमा निकै फरक हुने भएकाले व्यवस्थापनका लागि भवन निर्माण गरेको युएनडिपीका प्रोजेक्ट म्यानेजर राजेश मिश्रले बताए।