मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७९ मङ्सिर १७ शनिबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई गाडी एकआपसमा ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७९ मङ्सिर १७ शनिबार ११:०७:००

धनुषाको दुई गाडी एकआपसमा ठोक्किँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। शनिबार विहान करिव ५ बजेको समयमा जिल्लाको गाणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र कजारस्थित विंगर र पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा धनुषा मुखियापट्टी मुसरनिया घर भएकी २९ वर्षीया रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर– ७ बस्ने मंजु कुमारी साह र सृजना साह, पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एक कुमार र धनुषा धनौजी गाउँपालिकाका अब्दुल मंसुरी रहेका छन्।
 
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको विंगर र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १४९६ नम्बरको पिकअप भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्ष दीपक रायले बताए। उनका अनुसार दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन्।