मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर १७ शनिबार o९:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेफ्री भिक्टरको कठिन निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार o९:४६:oo

 जापानले कतार विश्वकपमा जापानले स्पेनमाथि २–१ को नतिजा निकाल्दा दोस्रो गोल निकै विवादास्पद बनिरहेको छ । जापानका तानाकाले डिबक्सभित्र हेडिङ गोल गरेका थिए । खेलमा रेफ्रीले तानाकाको गोललाई मान्यता दिएनन् । टर्च लाइनबाहिर गइसकेको बललाई जापानका मितोमाले तानाकालाई क्रस निकाले । स्पेनिस खेलाडीले बल आउट भएको जनाए । जापानले गोलको अपिल गरेपछि रेफ्री भिक्टर गोम्सले भिएआरको सहायता लिए । 

भिएआरमा बल आउट थियो वा थिएन भन्ने हेर्न निकै समय लाग्यो । रेफ्री भिक्टरले भिएआरको सहयोगमा तानाकाको गोललाई सही माने । भिक्टरले गोल मान्यताको निर्णय सुनाउनुअघि जापानको बेन्च र समर्थक तनावमा देखिन्थ्यो । यही अवस्था स्पेनिस टोलीमा पनि थियो । गोल दिँदा स्पेन समूह विजेताका रूपमा अर्को चरणमा प्रवेश गर्ने थियो । त्यही गोलले स्पेनको अर्को चरणको आशा कठिन बन्न सक्थ्यो । 

तर, अर्को खेलमा जर्मनीले कोस्टारिकामाथि ४–२ को नतिजा निकाल्यो । जर्मनी र स्पेनले तीन खेलबाट ४–४ अंक बटुलेका छन् । तर, गोलअन्तरमा स्पेनले प्रि–क्वार्टरफाइनल स्थान पक्का गर्‍यो । तानाकाको त्यही गोलले नै जापानले सनसनीपूर्ण रूपमा समूह विजेता हुँदै प्रि–क्वार्टरफाइनल स्थान सुरक्षित गर्‍यो । अहिले जापानको दोस्रो गोल सम्बन्धमा अन्तर्राष्ट्रिय तथा सोसल मिडियामा चर्को विवाद भइरहेको छ । फुटबलका विज्ञहरूले पनि जापानको गोलमाथि प्रश्न गरेका छन् । 

उनीहरूले रेफ्रीको निर्णयमाथि पनि औँला ठ्डयाएका छन् । फिफाको गोलसम्बन्धी नियमले जापानको गोल सही छ । ‘बलको गोलाइ लाइनमाथि छ भने यसलाई आउट मानिँदैन,’ फुटबल नियममा भनिएको छ, ‘बलले लाइन कोरिएको खण्ड टचलाइनलाई छोएको हुनुपर्दैन, बलले टचलाइन छोएको छैन, तर बलको गोलो भाग लाइनमाथि परेको छ, यसलाई पनि आउट मानिँदैन ।’