मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रावललाई बालेनको जवाफ- हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार २o:२६:oo

नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई काठमाडौं महानगरका मेयर बालेन्द्र साहले जवाफ दिएका छन्। साह र अमेरिकी राजदूत भेटका विषयमा नेता रावलले प्रश्न उठाएपछि बालेन्द्रले जवाफ फर्काएका हुन्। 

बालेन्द्रले जवाफमा भनेका छन्, ‘हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो, तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी–पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’

रावलले नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था भएको सम्झाउँदै साहले अमेरिकी राजदूतसँग गरेकाे भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? भन्दै स्पष्टीकरण मागेका थिए।