मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ मङ्सिर १६ शुक्रबार १७:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा मतगणना : गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १७:२९:००

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। उनले पाँच पाँच हजार चार सय ३४ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले तीन हजार आठ सय ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। 

जिल्लाको प्रदेश सभा (क) मा आठ हजार एक सय ४३ मतगणना गर्दा कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार तीन मत तथा एमालेका नरबहादुर श्रेष्ठले तीन हजार तीन सय ५९ मत ल्याएका छन्। 

प्रदेश सभा (ख) मा कांग्रेसका वर्मा लामाले चार हजार नाै सय ३४ तथा एमालेका भरत केसीले चार हजार ४ सय २२ मत प्राप्त गरेका छन्। जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मंसिर ४ गते मतदान भएको थियो।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन्।